२०८३, ७ कार्तिक शनिबार

गैह्रीगाउँ हत्या प्रकरणको छानबिन गर्न समिति गठन

गैह्रीगाउँ हत्या प्रकरणको छानबिन गर्न समिति गठन


काठमाण्डौ । काठमाण्डौको गैह्रीगाउँमा रहेको दिव्य सः मिलमा गएराति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाण्डौ प्रहरी कार्यालयले प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन् ।

टोलीलाई विभिन्न किसिमका विधि र प्रविधिको प्रयोग गरी घटनाको सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो । गएराति ११ बजेर ५५ मिनेट जाँदा काठमाण्डौ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । 

गैह्रीगाउँको दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा दोलखा घर भइ काठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनको श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको ज्यान गएकाे थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । चारैजनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  ५ : ५३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने