२०८३, २५ भाद्र शुक्रबार

बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने

बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने


काठमाण्डौ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ ।

यसअघि असोज १ गतेदेखि फोहोर बोकेका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने बताएको समितिले मागप्रति गम्भीर रहेको भन्दै सरकारबाट पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोध कार्यक्रम मात्रै गर्ने निर्णय गरेको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थानीयवासीको मागप्रति सरकार गम्भीर रहेको भन्दै पत्र पठाएका कारण आन्दोलनको स्वरूप परिवर्तन गरेको समितिका संयोजक ढुङ्गानाले बताउनुभयो । असोज २० गतेसम्म पनि माग पूरा नभएमा भने कुनै पनि आश्वासनलाई नमानी परिणाम नआएसम्म आन्दोलन गर्ने उहाँले बताउनुभयो ।

समितिले सरकारसँग मानवबस्तीरहित ल्यान्डफिल्ड साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने र फोहोर विकास प्राधिकरण गठन गर्नुपर्ने गरी चार बुँदे माग रहेको छ । यस्तै समितिले गएको जेठ २३ गते काठमाण्डौ महानगरसँग गरेका सहमतिहरू तीन महिनाभित्रमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ३ : १० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको