२०८३, १० बैशाख शुक्रबार

६० किलो सुन नेपाल भित्र्याउने समूहका एक चिनियाँ भारतबाट पक्राउ

६० किलो सुन नेपाल भित्र्याउने समूहका एक चिनियाँ भारतबाट पक्राउ

नेपालमा ब्रेकप्याडमा रेडि ट्रेडको नाममा एक वर्षमा ३६२ किलो सुन भित्रिएको निष्कर्ष


काठमाडौँ । नेपालमा तस्करीको सुन राजश्वको टोलीले बरामद गरेपछि भागेका एक चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो ७१७ ग्राम सुन बरामद भएपछि भागेका चिनियाँ नागरिक पेङ योङसिन साउन ४ गते भारतमा पक्राउ परेको खुलेको छ ।

पेङ नेपालमा भित्रिएको तस्करीको सुन हङकङबाट पठाउनेमध्येका मुख्य व्यक्ति भएको सीआईबीले जनाएको छ । पश्चिम बंगालको शिलगढीको खरिबारी क्षेत्रबाट भारत प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सशस्त्र सीमा बल उनलाई भारत प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो । उनलाई जासुसी गरेको आशंकामा पक्राउ गरेको छ । उनको साथबाट एसएसबीले चिनियाँ राहदानी पनि बरामद गरेको छ ।

३९ वर्षीय पेनलाई खरिबारी प्रहरी ठानामा राखिएको छ । सुन प्रकरणमा कारबाही गर्नका लागि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको सीआईबी स्रोतले जनाएको छ । हङकङबाट नेपालमा ब्रेकप्याडमा रेडि ट्रेडको नाममा एक वर्षमा ३६२ किलो सुन भित्रिएको सीआईबीको निष्कर्ष छ । झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्ने क्रममा सुन भित्र्याउन प्रयोग गरिएका ब्रेक प्याडका आधारमा उक्त परिमाणमा चिनियाँ गिरोहले सुन ल्याएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

हङकङबाट सुन पठाउनेमा लिन, मिस ली, पेन योङसिन, दावजिङ योङ र झोङ जिङचुआन रहेको सीआईबीको दाबी छ । दावजिङ योङ यसअघि भेपको ९ किलो सुन विमानस्थलमा पक्राउ परेपछि नेपालबाट भागेका थिए। उनी चिन फर्किसकेको प्रहरीले जनाएको छ ।

करिव ६१ किलो सुन प्रकरणमा सीआईबीले ९ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो । तर भन्सार अधिकृत र टक्सी चालकसहित ७ जनाविरुद्ध मुद्दा नचलाउने राय सीआईबीले दिएको छ । पक्राउ परेका मध्ये २५ जनालाई प्रतिवादी बनाउन र फरार चार जनालाई पनि मुद्दा चलाउनु पर्ने निस्कर्ष सीआईबीको छ । फरार रहनेमा अमला रोका, भोला सराफ, जीवन चलाउने र चिनियाँ नागरिक लोरुङ गोम्बो छन् ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ९ : १४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले