२०८३, ७ कार्तिक शनिबार

नेपाली टोलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्यो

नेपाली टोलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्यो


काठमाण्डौ । १९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ ।

नेपाली राष्ट्रिय टोलीका सदस्यले आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । खेल टी–२० शैलीमा हुनेछ ।

मङ्गोलिया र माल्दिभ्स निकै कमजोर मानिएका छन् । नेपाल टी–२० को विश्व वरीयतामा १७ औँ स्थानमा छ । माल्दिभ्स ८० औँ र मङ्गोलिया भने आईसीसीको वरीयतामै छैन । आईसीसीको टी–२० वरीयतामा ८७ वटा देश छन् । नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ ।

यस्तो छ नेपाली टोली–

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : ५७ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने