२०८३, ७ कार्तिक शनिबार

काभ्रेका तीन यूवा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काभ्रेका तीन यूवा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । उनले उक्त सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।

दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन् ।

दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन् । हाल पनौती नगरपालिका ५ बस्दै आएका छन् । थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङबाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : ४३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने