२०८३, ९ श्रावण आईतबार

रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे

रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे


काठमाण्डौ । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।

एसिया कप क्रिकेटको ुसुपर फोरु मा श्रीलङ्कासँगको खेलमा रोहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

रोहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटौँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट कोहली (१३०२४), सौरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धोनी (१०७७३_ ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।

यस्तै रोहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने दोस्रो खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा यो उपलब्धि हासिल गरेका छन् । रोहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट कोहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ४ : २० बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक