२०८३, २० आश्विन बुधबार

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन


काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघातका कारण गए राति ९मंगलबार० करिब २ बजेतिर उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले जानकारी दिएका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन् । नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगेका छन् । नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए

नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए । नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ पटक–पटक मन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ८ : ०१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको