२०८३, ९ असार बुधबार

मानवीय सेवालाई थप सहयोग हुन्छ : महासचिव सी

मानवीय सेवालाई थप सहयोग हुन्छ : महासचिव सी


काठमाडौँ, १८ भदौ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी नेपाल रेडक्रसको संस्थागत क्षमता विकास एवं मानवीय सेवाका क्षेत्रमा नेपाललाई आगामी दिनमा महासङ्घले थप सहयोग गर्ने जानकारी दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्व धाख्वाः, उपमहामन्त्री हरि न्यौपाने, कार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहितको उच्च नेतृत्वसित केन्द्रीय कार्यालयमा आज सम्पन्न द्विपक्षीय भेटघाट तथा छलफलमा उहाँले मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रसले गरेका कामको सराहना गर्नुभयो ।

विश्वका १९० देशका राष्ट्रिय तथा रेडक्रियसेन्ट सोसाइटी आवद्ध महासङ्घका महासचिव सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको थियो । विसं २०७२ वैशाख महिनाको विनाशकारी भूकम्पपछि उहाँ तत्काल नेपाल आई रेडक्रसका स्वयंसेवकले भूकम्प पीडितका खोज, उद्धार तथा राहत वितरणको जानकारी लिनुभएको थियो । साथै महासङ्घमार्फत् अन्तर्राष्ट्रिय सहयोग जुटाउन आह्वान गर्नुभएको थियो ।

सोसाइटीले ३५ लाखभन्दा बढी भूकम्प पीडितलाई मानवीय साहायतअन्तर्गत विविध क्षेत्रमा सहयोग गरेको थियो । हाल विशेष गरी भूकम्प अति प्रभावित १४ जिल्लामा आवास पुनः निर्माण, आय आर्जन, खानेपानी तथा सरसफाईलगायतका क्षेत्रमा रेडक्रसको सहयोग जारी नै रहेको छ ।

भूकम्प, गतवर्ष तराई मधेशको डुबानमा रेडक्रसले आफ्ना स्वयंसेवकमार्फत गरेका मानवीय सहयोगले अन्तराष्ट्रिय क्षेत्रमा प्रशंसा पाएको थियो । महासचिव सीले भूकम्प पीडितको आवास पुनः निर्माण, आय आर्जन, सरसफाई तथा खानेपानीलगायतका क्षेत्र तथा विपद् जोखिम न्यूनीकरणका प्रयासमा नेपाल रेडक्रसले गरेका काम अन्य देशका लागि सिकाई हुनेछ भन्नुभयो ।

सो अवसरमा अध्यक्ष थापाले नेपाल रेडक्रसले गरेका मानवीय सेवाका कामका बारेमा जानकारी दिँदै अगामी दिनमा रेडक्रसको संस्थागत क्षमता वढाउँदै जाने र मानवीय सेवालाई अझ प्रभावकारी बनाउने वताउनुभयो । नेपाल रेडक्रसको निमन्त्रणमा आउनुभएका महासङ्घका महासचिव सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

साथै परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च प्रतिनिधिसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको छ । विशेषगरी भूकम्पपछि नेपाल रेडक्रसले गरेका मानवीय सेवालगायत अन्य विविध कार्यक्रमको स्थलगत रुपमा महासचिव सीले जानकारी लिनुहुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ९ : ५७ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि