२०८३, २० आश्विन बुधबार

देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा


काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले ज्ञान,भक्ति र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मउत्सव धुमधामका साथ मनाउँदै छन् ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी भक्तिभावले मनाइँदै छ । आज विशेष गरी महिला, र पुरुष पनि ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
हिन्दु धर्मावलम्बीहरुले ‘श्रीमद् भागवत गीता’ लाई पवित्र ग्रन्थको रुपमा मान्दै र पुज्दै आएका छन् । महाभारत युद्धमा श्रीकृष्णले कुरुक्षेत्रमा पाण्डव र कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् आफ्नै मुखारविन्दबाट व्यक्त गरेका उपदेश ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले सबै अन्यायको विरुद्ध सत्यको बाटो देखाएर सबैलाई सत्मार्गमा लाग्न प्रेरणा दिएका छन् ।
श्रीकृष्णले पुतना, आफ्नै मामा कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका कृष्ण मन्दीरहरुमा आज पूजा आरधाना गरी उत्सव मनाइँदै छ । आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमी विशेष विभिन्न झाँकी निकाल्ने,भजन कृतन गर्ने तथा रथ र सोभा यात्रा गर्ने गरिन्छ । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ८ : ४० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको