२०८२, ३० पुस बुधबार

जनजातिका महासंघ महासचिव गुरुङको आरोप : कांग्रेसलाई दलाल पूँजीवादको मतियार

जनजातिका महासंघ महासचिव गुरुङको आरोप : कांग्रेसलाई दलाल पूँजीवादको मतियार


काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका महासचिव पेम्बा गुरुङ भोटेले एमाले बाहेक अन्य दल सिद्धान्तविहीन भएको आरोप लगाएका छन् ।
महासंघ केन्द्रीय कमिटि दोस्रो पूर्ण बैठकमा महासचिव पेम्बा गुरुङ भोटेले राजनीतिक तथा सांगठनिक प्रतिवेदनमार्फत एमाले बाहेकका अन्यदलमाथि आरोप नै आरोप थुपारिएको छ ।
मंगलबार बसेको बैठकमा भोटेले प्रस्तुत गरेको राष्ट्रिय राजनीतिक परिस्थितिको विषयमा प्रस्तुत प्रतिवेदनमा एमालेलाई घेराबन्दीमा पारेकोदेखि अन्य राजनीतिक दलहरुलाई विचार नीति र सिद्धान्तविहीन देखाइएको छ ।
प्रस्तुत प्रतिवेदनमा, राजनीतिक दलप्रतिको दृष्टिकोण राख्दै महासंघले नेकपा माओवादी केन्द्रलाई अवसरवादको पराकाष्ठको रुपमा चित्रण गरिएको छ ।
त्यस्तै, कांग्रेसलाई दलाल पूँजीवादको मतियार, राष्ट्रिय प्रजातान्त्रिक पार्टीलाई दक्षिणपन्थ, दर्शन, सिद्धान्त र बिचारबिहीन नयाँ राजनीतिक दलहरु, तथा मधेश केन्द्रीत पूराना दललाई पहिचानको आन्दोलनको नाममा निषेधको राजनीति गर्ने दलको रुपमा चित्रण गरिएको छ ।
महासंघको संगठनात्मक अवस्था र भावी कार्ययोजनाको बारेमा भने नेपालको आदिवासी जनजाति आन्दोलनलाई ठोस दिशा निर्देश सहित सफलतामा पुर्याउने चर्चा गरिएको छ ।
महासचिव भोटेले महासंघलाई बहुसंख्यक आदिवासी जनजाति समुदायको साझा संगठनको रुपमा विकसित र स्थापित गर्न सौद्धान्तिक,बैचारिक तथा संगठनात्मक काम विविध कार्य गर्ने, प्रचारात्कम तथा आर्थिक व्यवस्थापन गर्ने सम्मका विषय उल्लेख गरेका छन् ।
कार्यक्रममा सहभागी पासाङ शेर्पाले, महासचिवद्वारा आज प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सुझाव सहित अन्तिम रुप दिलाएर बुकलेटको रुपमा प्रकाशन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  १० : ४० बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता