२०८३, २० आश्विन बुधबार

कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरवाही भएको पीडित पक्षको आरोप

कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरवाही भएको पीडित पक्षको आरोप


काठमाडौं । कान्ति बाल अस्पतालको लापारवाहीका कारण ६ वर्षीय मृत्यु बालकको भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् । मकवानपुर, थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् ।

अस्पतालमा ५ बजे बेलुका ‘इमर्जेन्सी’ लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण उनको मृत्यु भयो ।

उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीररुपमा लिनुपर्छ । यहाँको प्रशासनलाई कारवाही हुनुपर्छ ।’

अस्पतालका नवनियुक्त निर्देशक तथा डा.पङ्कज रायले बालकको मृत्यु पालो कुर्दै गर्दा भएको बताएका छन् ।

उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ । यहाँ आएकाहरूलाई अन्त जाउ भन्ने गरेको छैन । ती बालक पालो कुरिरहेका थिए । यसमा उपचारमा हेलचेक्रेई भयो भन्ने कुरा छरासर गलत हो । बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ ।’
००००

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ८ : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको