२०८३, ११ बैशाख शनिबार

ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

१४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा


ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गरेको हो । सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो ।
सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ । आज (मंगलबार) चार जनाको बयान लिन काठमाडौं जिल्ला अदालतले तयारी गरेको छ । ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ । ललितानिवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ८ : २६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले