२०८३, ७ कार्तिक शनिबार

चेल्सीलाई ३–० को सहज जीत

चेल्सीलाई ३–० को सहज जीत


काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न तेस्रो चरणको पहिलो खेलमा चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ ।

रहीम स्टर्लिङको दुई गोल र निकोलस ज्याक्सनको एक गोलको मद्दतमा चेल्सीले ३–० को सहज जीत हासिल गरेको हो ।

सुरुवाती दुई खेलमा जित निकाल्न असफल चेल्सीले खेलको १७औ मिनेटमा स्टर्लिङ्गको उत्कृष्ट एकल गोलमार्फत अग्रता लिएको थियो । ६८औं मिनेटमा स्टर्लिङ्गले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मालो गुस्टोको पासमा बललाई गोल पोस्टको दिशा देखाउँदै स्टर्लिङ्गले दोस्रो गोल गरेका थिए ।

७५औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । इंग्लिस प्रिमियर लिगमा शनिबार तेस्रो चरणका थप ६ खेल हुँदैछन् ।

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ५६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने