२०८३, ३१ जेष्ठ सोमबार

स्थानीय तहको निर्वाचन अवधिभर जेठ १ गतेसम्म मदिरा निषेध

स्थानीय तहको निर्वाचन अवधिभर जेठ १ गतेसम्म मदिरा निषेध


बझाङ  २२ वैशाख  :  स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने भएको छ । निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर अबको जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो । चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
साथै सरोकारवालाले चुनाव प्रचारका क्रममा दलहरूले आचार संहिताविरुद्धका कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।
दलका सभा९सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजिनक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसहिंता उल्लंघन नगर्न आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ४ : ३५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क