२०८३, १२ जेष्ठ बुधबार

भूटानी शरणार्थी शिविरमा सर्भे शुरु

भूटानी शरणार्थी शिविरमा सर्भे शुरु


पथरी, मोरङ, १८ भदौ: प्रदेश नं १ को गौरवको आयोजनामा भनिएको जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका– १० को भूटानी शरणार्थी शिविरमा सर्भे शुरु भएको छ । भूटानी शरणार्थी शिविर रहेका क्षेत्रमा निर्माण हुने बृहत् जातीय सांस्कृतिक सङ्ग्रहालयका लागि प्रारम्भिक सर्भे थालिएको हो । प्रदेश सरकारको तर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराईको टोलीले आइतबार शिविर र आसपासका क्षेत्रको प्रारम्भिक सर्भे गरेको हो ।

वडाका कार्यवाहक अध्यक्ष मनोज घिमिरे, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, अरुणा राई, गीता विश्वकर्मा तथा स्थानीय सामाजिक अगुवाले सर्भे टोलीलाई सङ्ग्रहालयका लागि प्रस्तावित क्षेत्रको अवलोकन गराएका थिए ।

सर्भे टोलीका राजेन्द्र भट्टराईले प्रस्तावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक सर्भेक्षणले देखेको वस्तुस्थितिका बारेमा प्रदेश सरकारलाई जानकारी गराउने र त्यसपछि विस्तृत सर्भे अगाडि बढ्ने उल्लेख गर्नुभयो । वडा नं १० मा विगत २७ वर्षदेखि भूटानी शरणार्थी बसोबास गर्र्दै आएका क्षेत्रमा प्रदेश सरकारको नीति कार्यक्रममा प्रदेशकै गौरवको आयोजनाका रुपमा बृहत् जातीय तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने निर्णय भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : ५२ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक