२०८१, १० फाल्गुन शनिबार

सूर्यविनायकको पाण्डोबजारमा सञ्चालनमा आयो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’

सूर्यविनायकको पाण्डोबजारमा सञ्चालनमा आयो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’


भक्तपुर, ९ फागुन :  सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा अहिलेसम्मकै ठूलो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित बिभूति घरमा सञ्चालनमा ल्याएको ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ को युवा व्यवसायी एवं जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गर्नु भयो ।
युवा व्यवसायीद्धय गोकूल वन र राजु सुवालको रु. एक करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने उहाँले बताउनु भयो । कम्पनीका सञ्चालक वनले भन्नुभयो, “काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरि १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ, भक्तपुरबाट हामीले डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेका छाँै, कूल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा बिस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने हाम्रो उदेश्य हो ।”
कम्पनीका अर्का सञ्चालन राजु सुवालले उपभोक्तालाई दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा सस्तो, सुलभ र सहज रुपमा उपलब्ध गराउने उदेश्यले डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको बताउनु भयो ।

सुवालले भन्नुभयो, “दैनिक उपभोग्य सामान खोज्न उपभोक्तालाई अब पसल पसल चाहर्नु पर्दैन, बजारको अस्वथ्य मूल्यको मारमा पनि पर्नु पर्दैन, ग्राहकको सन्तुष्टी नै हाम्रो उपलब्धी हो, त्यसैले हामीले सस्तो, सुलभ र गुणस्तरीय सामान उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने प्रण गरेका छौँ ।” उपत्यकाका बिभिन्न ठाउँमा शाखा खोलेर आम उपभोक्तालाई सेवा दिने लक्ष्य रहेकाले ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ आम उपभोक्ताको मनमनमा बस्ने गरि सेवा दिने बताउनु भयो ।

प्रकाशित मिति : २०७८, ९ फाल्गुन सोमबार  ४ : ४५ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,