२०८३, १ भाद्र मंगलबार

बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २ कातिक :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरोले क्षति पुर्‍याएको भन्दै क्षतिको ‘ब्रिफिङ’ गर्न गृहमन्त्री खाँण मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

प्रधानमन्त्री देउवाले जिल्ला प्रशासनमार्फत उद्धारका काम तीव्र बनाउन, आवश्यक परेका ठाउँमा थप सुरक्षा टोली पठाउन र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । जवाफमा गृहमन्त्री खाँणले बाढी प्रभावित जिल्लामा आफूले टेलिफोनमार्फत जानकारी लिएको र आवश्यक निर्देशन पनि दिइसकेको बताएका थिए । उक्त भेटपछि प्रधानमन्त्रीले ट्वीट गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशसहितका विभिन्न जिल्लामा तत्काल उद्धार र राहतको काम अघि बढाउन आफूले निर्देशन दिएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेखेका छन् ।

प्रकाशित मिति : २०७८, २ कार्तिक मंगलबार  १२ : ४० बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक