२०८३, १२ बैशाख आईतबार

बालिका बलात्कारको अरोपमा २३ वर्षीय चौलागाई गिरफ्तार

बालिका बलात्कारको अरोपमा २३ वर्षीय चौलागाई गिरफ्तार


धलिखेल ७ असार :  १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय जयराम चौलागाईंलाई प्रहरीले गिरफ्तार गरेको छ । चौलागाईंलाई काठमाडौं सुन्धाराबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना डिएसपी दीपक गिरीले बताउनुभयो ।

डिएसपी गिरीका अनुसार धुलिखेल–८ कै १५ वर्षीया बालिकालाई भक्तपुर नगरपालिका–४ स्थित एक गेष्ट हाउसमा लगी बलात्कार आरोप छ । बालिका गत असार ५ गते बिहान १० बजेदेखि धुलिखेलबाट हराएकी थिइन् । आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा छोरी हराएको निवेदन दिएकी थिईन । निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंंको टोलीले हिजो ती किशोरीलाई सुन्धारामा फेला पारेका थिए ।
बालिकासँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईंले ललाइफकाई घुम्न जाउँ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्ट हाउसमा लगेर डर देखार बलात्कार गरेको बताएकी प्रहरीको भनाइ छ । बालिकाको वयानको आधारमा उनकी आमाले महानगरीय प्रहरी वृत्तमा किटानी जाहेरी दिएको र सोही आधारमा चौलागाईंलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धान गर्दै पक्राउ परेका चौलागाईंलाई कानुनी कारवाहीको प्रक्रिया चलिरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८, ७ असार सोमबार  ७ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले