२०८३, १२ बैशाख आईतबार

१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ


धनगढी ३ असार  :  कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका ८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने ।

बालिकाको बुवालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाईन खबरबाट साभार

प्रकाशित मिति : २०७८, ३ असार बिहीबार  ८ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले