२०८३, ३१ भाद्र बिहीबार

अव बलात्कार गर्नेलाई बाँचुन्जेल जेल

अव बलात्कार गर्नेलाई बाँचुन्जेल जेल


काठमाडौं, भदौ ११: मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेमा र जबर्जस्ती करणी गरी ज्यान मारेमा बाँचुन्जेल जेल सजाय तोकिएको छ ।

संहिताको दफा ४१ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै कसुर गर्ने कसुरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।’संहिताले बलात्कारको परिभाषाको दायरा पनि बढाएको छ । कसैले कुनै महिलाको सहमतिबिना बलात्कार गरेमा, सहमति लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई बलात्कार गरेमा बलात्कार मानिएको छ ।

बालिका बलात्कार गर्नेलाई बढीमा २० वर्षसम्म कैद हुने व्यवस्था छ । बलात्कार गर्ने व्यक्तिलाई घटनाको परिस्थिति र महिलाको उमेरका आधारमा सजाय घटीबढी निर्धारण गरिएको छ । १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा सोह्र वर्षदेखि बीस वर्षसम्म सजाय हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ६ : ५१ बजे

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ