२०८३, २० आश्विन बुधबार

कोरोना संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन प्रशासन कार्यालय काभ्रेको आग्रह

कोरोना संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन प्रशासन कार्यालय काभ्रेको आग्रह

मास्क नलगाउनेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने


काठमाडौं, १० चैत कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय काभ्रेले आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरे अनुसार भिडिभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आग्रह गर्नुभयो ।

नजिकिदै गरेको फागु पुर्णिमा होली तथा बिभिन्न चाड पर्व र जात्राहरु मनाउने क्रममा भिडिभाड हुने भएकाले त्यस्तो गतिबिधि नगर्न कार्यालयले आग्रह गरेको छ । यस्तै घर बाहिर निस्कदा वा यात्रा गर्दा दुरी कायम राख्न,मास्कको अनिवार्य प्रयोग गर्न,साबुन पानीले राम्रो सँग हात धुन तथा सेनिटाइजरको प्रयोग गर्न भनिएको छ । सार्वजनिक स्थलमा हिंडडुल गर्दा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार  १० : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको