२०८३, ७ कार्तिक शनिबार

आजदेखि ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु

आजदेखि ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु


काठमाडौँ, ६ भदौ: तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ आजदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ । बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला, साहित्य र इतिहास जानकारी गराउने वस्तुहरु प्रदर्शनमा राखिएको छ ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले महोत्सवको शुभारम्भ गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सो समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।

विश्वव्यापीकरणको प्रभावले तामाङ समुदायको मौलिक परम्परा रीतिरिवाज तथा संस्कृति अहिले सङ्कटमा पर्दै गएको उल्लेख गर्दै उहाँले यस्ता महोत्सवले तामाङ ज्ञान विज्ञानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । उपसभामुख तामाङले तामाङ समुदायलाई राजनीतिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्नेमा जोड दिनुभयो

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : २९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने