२०८३, १३ बैशाख सोमबार

अदालतको गेटबाटै पक्राउ परेका बास्तोलालाई काभ्रे ल्याइयो

अदालतको गेटबाटै पक्राउ परेका बास्तोलालाई काभ्रे ल्याइयो


धुलिखेल १०, फागुन । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पक्राउ गरी काभ्रे ल्याइएको छ ।

प्रहरीले सोमबार उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याएको हो । काभ्रेमा वास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको बताइएको छ ।

सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

प्रतिबन्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ताको तयारी गरिरहेको बेला वास्तोला अदालतबाटै पुनः पक्राउ परेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा ओली समूह र प्रतिबन्धित विप्लव समूहबीच पार्टी एकतासम्मको कुरा चलिरहेको छ । सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको विप्लवले विज्ञप्तिमार्फत् जनाइसकेका छन् ।

अदालतबाट पुनः पक्राउ पर्नु अघि नेता वास्तोलाले पनि आफ्नो पार्टी वार्ताका लागि तयार रहेको तर त्यसका लागि सरकारले इमान्दारीपूर्वक प्रयास गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  ११ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले