२०८३, ३१ भाद्र बिहीबार

काभ्रेको मण्डनदेउपुरमा नमुना तामाङ बस्ती बन्ने निश्चित

काभ्रेको मण्डनदेउपुरमा नमुना तामाङ बस्ती बन्ने निश्चित


काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० चण्डेनी मण्डनको तीनधारामा नमुना तामाङ बस्ती निर्माण हुने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेपछि तीनधारामा नमुना तामाङ बस्ती निर्माण हुने निश्चित भएको हो । प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकको यो निर्णयसँगै तीनधारामा ३७ घर होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण हुने छ ।

नमूना तामाङ बस्ती निर्माण हुने काभ्रे मण्डनदेउपुर नरपालिका वडा नम्बर १० को तीनधाराको नक्सा

२०७२ बैशाखको भूकम्पले क्षतविक्षत पुर्याएको उक्त स्थानमा नमुना तामाङ बस्ती निर्माणका लागि प्राविधिकरणले स्वीकृत दिएपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन् । ३५ रोपनी क्षेत्रफल जमिनमा तामाङ समुदायको संस्कार, सस्कृति झल्कने घर, गुम्बा लगायतका संरचना निर्माण हुने छ । पुनःनिर्माण प्राधिकरण र स्थानीयको सहयोगमा नमूना तामाङ बस्ती निर्माण हुने स्थानीय राम बहादुर लामाले बताए ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक र रामेछाप जिल्लाका विभिन्न चार ठाउँमा पनि एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो । हेलम्बुको एकीकृत बस्तीमा ४०, मेलम्चीमा ७० र भोटेकोशीमा १० घर रहने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ मा २४ घरको माझी बस्ती गाइखुरा एकीकृत बस्ती निर्माण गर्न पनि अनुमति दिएको छ । बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए,नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : ०७ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा