२०८२, १ माघ बिहीबार

जुरे पहिरो पीडितले खोजे राहतको रकम

जुरे पहिरो पीडितले खोजे राहतको रकम


 

काठमाडौँ, ८ फागुन । सिन्धुपाल्चोक जुरे पहिरोपीडितले सात वर्षसम्म राहत नपाएपछि काठमाडौंको माइतीघरमा धर्नासहित प्रदर्शन गरेका छन् । दाताले छुट्याएको रकमसमेत सरकारले उपलब्ध नगराएको भन्दै शनिवार उनीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् ।

जुरे पहिरो पीडितहरुको लागि सहयोग जुटेको सहयोग रकम सरकारले अहिलेसम्म आफूहरुलाई नदिएको उनीहरुको गुनासो छ ।

जुरे पहिरो प्रभावितहरुले आफूहरुको नाममा देश विदेशबाट संकलन गरेको रकम समेत नदिइएको भन्दै आक्रोशसमेत पोखेका छन् । आफूहरुको माग पूरा नभएसम्म जुरे गाउँपालिकाको तर्फबाटै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो । पहिरोमा १ सय ४५ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  १० : १३ बजे

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक