२०८२, १६ माघ शुक्रबार

सिन्धुलीमा बन्चरो प्रहार गरी पत्नीको हत्या

सिन्धुलीमा बन्चरो प्रहार गरी पत्नीको हत्या


धुलिखेल ११ माघ : हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पत्नी राममायालाई माघ ९ गते राती ११ बजे शेरबहादुरले टाउकोमा बन्चरो प्रहार गरेका थिए । टाउकोमा चोट लागि गम्भीर घाइते भएकी राममायालाई राति नै उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा माघ १० गते बिहन १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो । घटनाको कारण खुल्न नसके पनि पति पत्नीबीच झगडा भइरहने गरेको स्थानीयले बताएको डिएसपी खत्रीले जनाकारी दिनु भयो ।

डिएसपी खत्रीले पत्नीलाई बन्चरो प्रहार गरी फरार भएका शेरबहादुरको खोजी तथा घटनाको अनुशन्धान भइरहेको बताउनु भयो ।शवको पोष्टमार्टम माघ १० गते हेटौँडा अस्पतालमा गरिएको छ । ईन्सेक अनलाईन

प्रकाशित मिति : २०७७, ११ माघ आईतबार  ६ : ४८ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम