२०८३, ७ कार्तिक शनिबार

१५ वर्षीया बालिकाको विवाह ४३ वर्षीय पुरुषसँग, ४ जना पक्राउ

१५ वर्षीया बालिकाको विवाह ४३ वर्षीय पुरुषसँग, ४ जना पक्राउ


सप्तरी, ६ माघ :  सप्तरीमा बेहुला–बेहुलीसहित बालविवाहमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट बालविवाह गर्ने गराउने कार्यमा संलग्न उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा छन् । उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २०७७, ६ माघ मंगलबार  ८ : ५१ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने