२०८३, २४ बैशाख शुक्रबार

कोरोना महामारीका कारण जापानमा आपतकाल घोषणा

कोरोना महामारीका कारण जापानमा आपतकाल घोषणा


काठमाडौं, २९ पुस :   कोरोना महामारी बढ्दै गएपछि जापानका अन्य सहरहरुमा पनि आपतकालीन अवस्थाको घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्ती योशिहिडे सुगाले राजधानी टोकियो क्षेत्रमा लगाइएको आपतकालीन अवस्थालाई अन्य सहरमा पनि विस्तार गर्ने तयारी भएको त्यहाँको सरकारले जनाएको छ ।

प्रधानमन्त्री सुगाले टोकियोलगायत आसपासका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आपतकालीन अवस्था लम्ब्याउन लागेको बताएका हुन् । आपतकालीन अवस्थाको घोषणासँगै प्रभावित क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरिएको छ भने पसल तथा रेष्टुराँहरु खोल्नका लागि निश्चित समय तोकिएको छ ।

जनवरी सुरु भएपछि जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले विभिन्न सहरमा आपतकालीन अवस्थाको घोषणा गर्न थालेको हो । जापानमा यसअघि गत अप्रिलमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७७, २९ पुस बुधबार  ९ : ३५ बजे

उपसभामुखको हस्ताक्षर विवादमा, हर्क साम्पाङ आक्रोशित

काठमाडौं । उपसभामुखसँग सम्बन्धित हस्ताक्षर प्रक्रियालाई लिएर देखिएको विवादले राजनीतिक

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध

प्रधान न्यायाधीश सिफारिसको असर : सर्वोच्च अदालतको पेसी सूची प्रकाशनमा ढिलाइ

काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा