२०८३, १ भाद्र मंगलबार

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव


काठमाडौं, २६ पुस :  बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सिर्जना गरेका हुन् ।

उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार गएको भदौदेखि नै खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।

भदौ दोस्रो सातादेखि अहिलेसम्म सबैभन्दा बढी भटमासको तेलको मूल्य बढेको छ । भटमासको तेलको मूल्य ५० प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य १८ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पर्न थालेको छ ।

प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्ने सनफ्लावर तेलको मूल्य २९ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी अमृत तेलको मूल्यमा पनि १७ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ८० रुपैयाँबाट २ सय १० रुपैयाँ पर्न थालेको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै ठूला व्यापारीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्र बजारमा खाने तेलको मूल्य अझै बढ्न सक्छ ।

तेलको कारोबार गर्ने ठूला व्यापारी, बिचौलिया र उद्योगीहरूको मिलेमत्तोमा बजारमा भटमास र सनफ्लावर तेलको कृत्रिम अभाव भइरहेको उनको दाबी छ । ‘यी दुईथरी तेलहरू बजारमा पाउनै मुश्किल छ,’ उनले भने । आर्थिक अभियान दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ पुस आईतबार  ८ : ४२ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक