२०८२, १७ चैत्र बुधबार

प्रचण्ड-नेपाललाई चिनियाँ विशेष टोलीको ओलीसँग मिलेर अघि बढ्नुहोस्

प्रचण्ड-नेपाललाई चिनियाँ विशेष टोलीको ओलीसँग मिलेर अघि बढ्नुहोस्


काठमाडौं, १३ पुस :  चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएको छ ।

विभाजनको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा देखिएको पछिल्लो घटनाक्रमबारे जानकारी लिन उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल आइतबार नेपाल आएको छ । नेपालमा उसले राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका नेताहरुसँग भेटवार्ता गरिरहेको छ । सोही क्रममा प्रचण्डलाई यस्तो सुझाव दिएको हो ।

भ्रमण टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा ९ओली पक्ष० का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नका लागि सहल्लाह दिएका हुन् । टोलीले नेकपाको एकतालाई कायम राख्न पनि जोड दिएको छ ।

दाहालले चिनियाँ टोलीसँग प्रतिनिधिसभा ब्युँताउने र केपी ओली सच्चिने शर्तमा अझै पनि आफूहरु मिल्न तयार रहेको प्रतिक्रिया दिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ९ : ०६ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि