२०८३, २० आश्विन बुधबार

काभ्रेको महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

काभ्रेको महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार


धुलिखेल १२ पुस : काभ्रेको महाभारत गाँउपालिका बाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाँउपालिकाको वडा नम्बर ८ का २८ वर्षीय लोक माया दर्लामीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको गाँउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । दर्लामीले आजै बिहान घर्तीछाप स्वास्थ चौकीमा बच्चा जन्माउनुभएको थियो ।

बच्चा जन्मीए पछि बच्चाको सालनाल (प्लासेन्टा) अड्किएर अत्याधिक रक्त श्र्राव भएको घर्तीछाप स्वास्थ चौकीले जनाएको छ । अत्याधिक रक्त श्र्रावका कारण उहाँ बेहोस समेत भएकाले तत्काल हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उद्धार पछि उहाँलाई अहिले प्रशुति गृह काठमाण्डौमा लागीएको अध्यक्ष जिम्बाले बताउनुभयो ।

घर्तीछाप स्वास्थ्य चौकीले हेलिकप्टरको माग गरेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्र पठाएको थियो । राष्ट्रपति कार्यालयले यहि मन्त्रालय मार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गर्दै आएको छ । यसरी उद्धार गरिएका महिलाको उपचार खर्च समेत मन्त्रालयले नै ब्यहार्ने गरेको छ ।

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ९ : २१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको