२०८२, १४ फाल्गुन बिहीबार

बक्यौता फर्स्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

बक्यौता फर्स्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने


काठमाडौं, ५ पुस :  कानुन बमोजिम बक्यौता फर्स्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई नियन्त्रणमा लिनसक्ने गरी कानुनी प्रबन्ध गरिएको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार दूरसञ्चार ९सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन० नियमावली, २०७७ पारित गर्दै सेवा प्रदायकको कार्यालय, भवन, यन्त्र, उपकरण, दूरसञ्चार पूर्वाधार संरचना तथा फ्रिक्वेन्सी नियन्त्रणमा लिने बाटो खुला गरेको हो ।

अन्तिमपटकका लागि बक्यौता फस्र्योट गर्ने अवधि पनि नाघेमा प्राधिकरणले सात दिनको पूर्वसूचना दिएर कम्पनीको स्वामित्व सरकारमा ल्याउन सक्ने नियमावलीमा उल्लेख छ ।

पारित भएसँगै कार्यान्वयनमा आएको यो नियमावलीले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्रविहीन अवस्थाका दूरसञ्चार सेवा प्रदायकलाई समेत नियन्त्रणमा लिनसक्ने छ । नियन्त्रणमा लिनुअघि अनुमति पत्रविहीन सेवा प्रदायक भएमा प्राधिकरणले त्यस्तो सूचना तीन दिनभित्र सर्वसाधारणका लागि सार्वजनिक गर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र नवीकरणको प्रक्रियामा नगएर बहाल अवधि समाप्त भएको दिनदेखि सम्बन्धित कम्पनीको दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल स्वतः नेपाल सरकारको स्वामित्वमा हस्तान्तरण भएको मानिने नियमावलीमा उल्लेख छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ८ : ४८ बजे

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन