२०८३, २० आश्विन बुधबार

रेडियो नेपालको पुरानो गरिमालाई फर्काइनुपर्छ : मन्त्री गुरुङ

रेडियो नेपालको पुरानो गरिमालाई फर्काइनुपर्छ : मन्त्री गुरुङ


काठमाडौँ ३० मङ्सिर  :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति ९रेडियो नेपाल० ले आज आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गर्नुभयो ।

सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति९रासस०, रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई प्रभावकारीरुपमा अघि बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै सकारात्मक कुराको पहिचान गरी कमजोरी केलाउन रेडियो नेपाल परिवारलाई आह्वान गर्नुभयो ।

सो अवसरम रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विविधतामा एकताको सन्देश बोकेर रेडियो जनताको घरआँगनमा पुगेको बताउँदै जनताले अनुभूति गर्ने गरी निजी क्षेत्रभन्दा राम्रो सेवा रेडियोका कर्मचारीलाई आह्वान गर्नुभयो । “प्रविधिमा सुधार गरी चालू आर्थिक वर्षमा ९२ प्रतिशत नेपालीका घरआँगनमा रेडियोको सेवा पु¥याउने लक्ष्य छ, यसका लागि तालीमका कार्यक्रम पनि शुरु भएको छ, रेडियो र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सार्वजनिक प्रसारण विधेयक संसद्मा दर्ता भइसकेको छ, दुवै संस्थाका राम्रा कर्मचारीको वृत्तिविकासमा असर नपर्ने गरी काम हुन्छ”, सचिव बस्यालले भन्नुभयो ।

देशको सबै भूगोलमा रेडियोको सेवा पु¥याउने र नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रियस्तरसम्म सेवा विस्तार गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी पनि उहाँले दिनुभयो । उहाँका अनुसार चारै सरकारी सञ्चारमाध्यमलाई थोरै जनशक्तिका भरमा धेरै सेवा दिने गरी अघि बढाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हाल जनसङ्ख्याको ८७ प्रतिशतमा संस्थाको सेवा पुगेको जानकारी दिनुभयो । रेडियोका हाल २३ एफएम र छ मिडियम वेभ स्टेशन छन् । रेडियो नेपालले २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम सञ्चालन गरिरहेको छ । समाचार र कार्यक्रम सञ्चालन गर्ने भाषा थपिएपछि खर्च पनि बढ्ने भएकाले थप गर्न नसकिएको कार्यकारी निर्देशक केसीको भनाइ थियो । रेडियो नेपालले प्रदेश नं १ को विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।

रेडियो नेपालको ७० औँ स्थापना दिवसका अवसरमा गतवर्ष चैत २० गते दिनुपर्ने दीर्घसेवा पदक कोरोना महामारीका कारण दिन नसकिएकाले उपयुक्त समय पारेर आज कार्यक्रम आयोजना गरिएको हो । केन्द्रीय कार्यालय सिंहदरबारमा कार्यरत १५ र राजधानी बाहिरका कार्यालयमा कार्यरत चार गरी १९ जनाले आज २५ वर्ष सेवा गरेवापत दीर्घसेवा पदक र प्रशंसापत्र प्राप्त गरेका छन् । कोरोनाका कारण रेडियो नेपालमा कार्यरत ४३ कर्मचारी पीडित भएको जनाइएको छ । गोरखापत्र अनलाईन

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : १५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको