२०८३, ७ कार्तिक शनिबार

कटारीमा शक्तिशाली बम विस्फोट, चारजना मजदुर घाइते

कटारीमा शक्तिशाली बम विस्फोट, चारजना मजदुर घाइते


उदयपुर  १९ मंसिर :  उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क्रममा लडेर चारजना मजदुर घाइते भएका छन् । ’

बम विस्फोट कसले गराएको किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरीको भनाइ छ । घाइते चारैजनलाई कटारी अस्पताल ल्याइएको र घाइतेको अवस्था सामान्य रहेको एसपी दाहालको भनाइ छ । ‘प्रहरीको टोली जाँदै छ,’ उनले भने, ‘प्रहरीको टोली पुगेपछि सम्पूर्ण क्षतिको विवरण आउँछ ।’

 

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार  ९ : १८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने