२०८३, १ भाद्र मंगलबार

कोरोना संक्रमणबाट पूर्व राष्ट्रपतिको मृत्यु

कोरोना संक्रमणबाट पूर्व राष्ट्रपतिको मृत्यु


पेरिस, १८ मंसिर । फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोना भायरस संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो केही सातादेखि कोरोना भाइरसको संक्रमणबाट ९४ वर्षीय भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो ।

आधुनिक फ्रान्सका प्रमुख नेताको रुपमा पनि भ्यालेरीलाई चिनिन्छ । १९७४ देखि लगातार ८ वर्ष राष्ट्रपति पदमा रहेका भ्यालेरीले फ्रान्सेली समाजलाई आधुनिकतातर्फ डोर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फ्रान्समा आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाइने, मतदाताको उमेर २१ बाट १८ वर्षको मापदण्ड उनैले गराएका थिए । पदबाट हटेपछि पनि उनले यूरोपेली देशहरुबीचको सहकार्यमा जोड दिँदै आएका थिए ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ५ : ४० बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा