२०८३, २ असार बुधबार

पशुपतिमा दाउराबाट शव जलाउने मेसिन

पशुपतिमा दाउराबाट शव जलाउने मेसिन


काठमाडौं १७ मंसिर :   पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेको हो । पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने आधुनिक वातावरणमैत्री शवदाह गृह मेसिन जडान गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ । वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको हो ।
कोभिड–१९ का कारण बन्द रहेका धार्मिकरसांस्कृतिक गतिविधिहरु अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने जानकारी उनले दिए ।

 

 

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ५ : ०४ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई