२०८२, १ माघ बिहीबार

राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्री वेइबीच भेटबार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्री वेइबीच भेटबार्ता


काठमाडौं, १४ मंसिर  : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गर्नुभएको छ ।

चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ९ : ०८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा