२०८३, ३१ श्रावण सोमबार

कोरोना संक्रमितको उपचारमा खटिएका २६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृत्यु

कोरोना संक्रमितको उपचारमा खटिएका २६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृत्यु


एजेन्सी । कोरोना भाइरस संक्रमितको उपचारमा लामो समयसम्म काम गरेका डा.शुभम उपाध्यायको कोरोना संक्रमणबाट मृत्यु भएको छ । महिनौँसम्म उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा खटिएका थिए । कोरोना संक्रमितको उपचार गर्ने डाक्टर उपाध्यायको कोरोना संक्रमणबाटै मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट उनको फोक्सोको ९० प्रतिशत भागमा पानी भरिएको थियो । हवाइ जहाजको माध्यमबाट उपचारका लागि चेन्नइ लैजाने प्रयास असफल भयो । तुफान आउने आशंकामा हवाइ सेवा बन्द भएपछि उनमा फोक्सो प्रत्यारोपण गर्ने तयारी पनि काम लागेन । उनको चिरायू अस्पतालमा मृत्यु भएको छ ।

२६ वर्षीय डाक्टर भोपालको सागर मेडिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे । २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि उनलाई १० नोभेम्बरमा भोपालको चिरायू अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनका बारेमा चर्चापरिचर्चा भएपछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले चेन्नइ लगेर फोक्सो प्रत्यारोपणको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, तुफानले गर्दा चेन्नइ लैजान नसकिएको र उनको बुधबार मृत्यु भएको चौहानले बताएका छन् ।

डा. शुभम उपाध्यायको मृत्युपछि भारतमा मात्रै नभएर संसारभर उनका बारेमा चर्चा भइरहेको छ । मुख्यमन्त्री चौहानले भनेका छन्, ‘कोरोनाविरुद्धको अभियानमा निरन्तर खटिएका डा.शुभम उपाध्यायको निधनले म अत्यन्तै दुखी छु । कोरोना संक्रमितको उपचारमा निस्वार्थ काम गरेका उनी संक्रमितको उपचारमै खटिएका बेलामा संक्रमित भएका थिए ।

समाज र मानवीय सेवाको उत्कृष्ट नमुना एवं अनुपम उदाहरण बनेका छन् डा. शुभम ।’ प्रदेश सरकारले डा. उपाध्यायको उपचारका लागि १ करोड भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । ८० लाख भारतीय रुपैयाँमा चेन्नइको एक अस्पतालमा फोक्सो प्रत्यारोपण गर्ने अन्तिम तयारी गरे पनि सफल हुन सकेन ।
२६ वर्षीय डा.शुभमका बारेमा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न समाचार सार्वजनिक भएका छन् । संसारभरबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको उदाहरणीय कामको प्रशंसा गरिएको छ ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : २१ बजे

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय