२०८२, १ माघ बिहीबार

भारतीय विदेश सचिव भेटघाटमा व्यस्त नेपाल–भारत बलियो सम्बन्ध बढाउने : विदेश सचिव

भारतीय विदेश सचिव भेटघाटमा व्यस्त नेपाल–भारत बलियो सम्बन्ध बढाउने : विदेश सचिव


काठमाडौं, ११ मंसिर दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुशी लगेको बताए । ‘म पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन,’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग भने, ‘अहिले यहाँ आउन पाउँदा निकै खुशी लागेको छ । हामीबीच अत्यन्त बलियो सम्बन्ध छ । यसलाई कसरी अघि बढाउने भन्नेमै हाम्रो प्रयत्न हुनेछ ।’

उनले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल र भारतबीच निकै महत्वपूर्ण बैठकहरु हुने बताएका छन् । ‘म त्यसका लागि उत्साहित छु,’ उनले भने । यसअघि पनि नेपाल आएको तर, परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए ।

सचिव श्रृंगलाले अघि भने, ‘भारत र नेपाल निकतटम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हामी निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भनेर कुरा गरौंला ।’ उनका अनुसार भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार  १ : १५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा