२०८२, १ माघ बिहीबार

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको निधन

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको निधन

गोली लागेका थप दुईको अवस्था पनि गम्भिर


बर्दिवास, १० मंसिर  : महोत्तरीको बर्दियामा ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याको विरोधमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको उपचारका क्रममा ज्यान गएको छ ।

गोली लागेर गम्भीर घाइते बर्दिबास–१ का ४३ वर्षीय बुद्धिराज न्यौपाने ९सञ्जय० को गए राति उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको स्थानीय विष्णु बम्जनले जानकारी दिएका छन् ।

तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले बताएको उनले जानकारी दिए । स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागि तीन जना घाइते भएका थिए । गोली लागेर घाइते अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको बम्जनले जानकारी दिएका छन् ।

गोली लागेपछि न्यौपानेलाई स्थानीय बिनायक हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । गएको आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा बोरामा पोको पारेर फालेको अवस्थामा भटिएको थियो । चकलेट किन्न भनेर पसल गएकी गुलावको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले बालिकाको शव सडकबीचमा राखेर प्रदर्शन गरेका थिए ।

बालिका हत्याको आरोपमा २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । उनी किराना पसल चलाउँदै आएका थिए । प्रहरीको प्रारम्भिक बयानमा साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् ।

हिजो आक्रोशित स्थानीयले पक्राउ परेका साहको घरमा आगो समेत लगाई दिएका छन् । हिजो स्थानीयको प्रदर्शनका कारण बर्दिवास तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्गका टायर बालेर प्रदर्शन गरेपछि राजमार्ग पाँच घण्टा अवरुद्ध बनेको थियो ।

बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर लगियो
महोत्तरीको बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो ।

मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको हो ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार  ९ : २० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा