२०८३, ४ असार शुक्रबार

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको निधन

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको निधन

गोली लागेका थप दुईको अवस्था पनि गम्भिर


बर्दिवास, १० मंसिर  : महोत्तरीको बर्दियामा ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याको विरोधमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको उपचारका क्रममा ज्यान गएको छ ।

गोली लागेर गम्भीर घाइते बर्दिबास–१ का ४३ वर्षीय बुद्धिराज न्यौपाने ९सञ्जय० को गए राति उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको स्थानीय विष्णु बम्जनले जानकारी दिएका छन् ।

तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले बताएको उनले जानकारी दिए । स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागि तीन जना घाइते भएका थिए । गोली लागेर घाइते अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको बम्जनले जानकारी दिएका छन् ।

गोली लागेपछि न्यौपानेलाई स्थानीय बिनायक हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । गएको आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा बोरामा पोको पारेर फालेको अवस्थामा भटिएको थियो । चकलेट किन्न भनेर पसल गएकी गुलावको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले बालिकाको शव सडकबीचमा राखेर प्रदर्शन गरेका थिए ।

बालिका हत्याको आरोपमा २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । उनी किराना पसल चलाउँदै आएका थिए । प्रहरीको प्रारम्भिक बयानमा साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् ।

हिजो आक्रोशित स्थानीयले पक्राउ परेका साहको घरमा आगो समेत लगाई दिएका छन् । हिजो स्थानीयको प्रदर्शनका कारण बर्दिवास तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्गका टायर बालेर प्रदर्शन गरेपछि राजमार्ग पाँच घण्टा अवरुद्ध बनेको थियो ।

बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर लगियो
महोत्तरीको बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो ।

मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको हो ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार  ९ : २० बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो