२०८३, १४ बैशाख मंगलबार

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु


बाँके, ७ मंसिर  : प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभावी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३ वनकटवामा अहिले त्रास बढेको छ ।

‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ’ प्रहरी हिरासतमा रहेका २१ बर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि विना कारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरुको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तछाडमछाड गरिरहेका थिए । उनीहरुले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ’, ललिताले भनिन् ।

वनकटवाका १० बर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकीमा रुवाबासी चल्यो । हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरुले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  १० : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले