२०८२, १ माघ बिहीबार

तेमाल गाउँपालिकामा पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण सस्यूंखर्कबाट सुरु

तेमाल गाउँपालिकामा पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण सस्यूंखर्कबाट सुरु

दोस्रो चौमासीक देखी बैंकीङ प्रणाली


तेमाल २८ कार्तिक ;   काभ्रेको तेमाल गाँउपालिका वडा नम्बर २ सस्र्युखर्कमा विहिबारबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको छ । चालु आर्थीक वर्षको प्रथम चौमासीकको सामाजिक सुरक्षा भत्ता रकम बितरणको काम सुरु गरिएको वडा अध्यक्ष तिमाल सिं तमाङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङका अनुसार बिहिबार सस्र्युंखर्क गाविस साविकका वडा नम्बर ८, ६, २, ५ र ९  वडाका लाभग्राहीहरुलाई भत्ता रकम लिनका वडा कार्यालयमा मार्फत नै वितरण शुरु गरिएको हो । तेमाल गाउँपालिका वडा नं २ मा दुई सय ५० भन्दाबढी सामाजिक सुरक्षा भत्ता लिने रहेका छन् । वडा कार्यालय सम्म आउन नसक्ने लाभग्राहीहरुलाई घरघरमै पुगेर बितरण गरिने अध्यक्ष तमाङले बताउनुभयो । यसैगरी चालु आर्थिक वर्षको प्रथम चौमासीक देखी नै बैंकीङ प्रणाली मार्फत भत्ता बितरण गर्ने गाँउपालिकाले तयारी गरेको भएपनि तयारी पुरा नभएकाले प्रथम चौमासीकको सामाजिक सुरक्षा भत्ता वडा कार्यालय मार्फत नै बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

दोस्रो चौमासीक देखी भने बैंकीङ प्रणाली मार्फत  वितरण  गर्ने योजना रहेको गाँउपालिकाका अध्यक्ष सलाम सिं तमाङले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार  ७ : १८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा