२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा विप्लब समूहका कार्यकर्ता पक्राउ

काभ्रेमा विप्लब समूहका कार्यकर्ता पक्राउ


धुलिखेल, २६ कात्तिकः काभ्रे प्रहरीले नेपाल सरकाबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लब समुहका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लब समूहमा आबद्ध रहेका धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ बर्षीय मधुसुधन बजगाईलाई पक्राउ गरे सार्वजनिक गरेको हो । बजगाईलाई प्रहरीले आज बिहान उनै घरबाट पक्राउ गरेको हो ।

विप्लब समूहमा रही बजगाईले काभ्रे जिल्लाका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोनबाट समेत धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनलाई फेला गरेको हो । खोजी गर्दै जादा फेला परेको बजगाईले प्रहरी टोलीले सोधेका कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरेको प्रहरीको भनाई छ ।

बजगाईले प्रहरीको काम कर्तब्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेका तत्काल कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिइ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा बजगाईले आफु नेपाल कम्युनिष्ट पार्टि (माओवादी) विप्लब समूहको जिल्ला कमिटी सदस्य रहेको र पार्टीको नीति अनुसार काम बारबाही गर्दै आएको बताएका छन् ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ४ : ४० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले