२०८३, १४ बैशाख मंगलबार

पाँचखालमा गोठबाटै ३ महिने पाडी चोरी

पाँचखालमा गोठबाटै ३ महिने पाडी चोरी


धुलिखेल, २२ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ श्रीराम पाटीमा गोठबाटै भैसीको पाडी चोरी भएको छ । स्थानीय राजन चौलागाईको गोठमा बाँधिराखेको ३ महिनाको पाडी चोरी भएको हो ।

हिजो राति दुध दोएर माउ र पाडीलाई गोठभित्र बाँधेर चौलागाई घर फर्किएका थिए । तर बिहान साढे ४ बजे श्रीमती दुर्गा चौगालाई दुध दुन जाँदा पाडी नदेखिएपछि चोरी भएको पत्ता लागेको हो । राजनको गोठ र घर करिब १० मिटरको आसपासमा छ । ‘सदा झै बेलुकाको दुध दोएर, माउ पाडीलाई छुट्टा छुट्टै बाँधेरवरी, ढोका लगाएर घर गएको, राजनले भने बेलुका जाँदा जसरी ढोका लगाइएको थियो त्यसैगरी लगाइएको रहेछ, तर गोठभित्र पाडी थिएन् ।’

दाम्लो सहित नै पाडी हराएको राजनले बताउनुभयो । ‘हिजो साँझ साढे ५ बजेतिर दुध दोएर, साँझको घाँस दिएवरी साढे ६ बजेतिर घर फर्किएँ, आज विहान श्रीमति दुर्गा दुध दुन जाँदा त गोठमा पाडी नै छैन् ।’ पाडी हराएपछि माउले दुध दिन जोडेको राजनले बताउनुभयो । २ महिलाअघि राजनले सिन्धुपाल्चोकको भिमटारबाट माउपाडी किनेर ल्याएका थिए । साढे १ लाख रुपैयाँ तिरेर माउपाडी ल्याएको राजनले बताउनुभयो ।

राजनको परिवार नै अहिले पाडीको खोजीमा जुटेको छ । उनले सामाजिक सञ्जालमा समेत कतै पाडी दिए खबर गरिदिन समेत आग्रह गरेका छन् । त्यहि भैसीको दुधबाट चिया सञ्चालन गर्दै आएका राजन पाडी हराएपछि मर्माहत बनेका छन् । ‘लकडाउनमा तरकारी बिक्री हुन छाड्यो, त्यसपछि दुहुना भैसी ल्याएर गाउँमै चिया पसल सुरु गरेको थिए, उनले भने ‘पाडी हराएपछि अहिले माउले दुध दिन छाडेको छ ।’ भैसीँले एक छाकमा ९ लिटर दुध दिने गरेको थियो ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  २ : ३६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले