२०८३, ३१ असार बिहीबार

सन् २०२० सम्म बीस लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

सन् २०२० सम्म बीस लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य


भक्तपुर, ४ भदौ: सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि सारेको योजना सफल पार्न सबै लाग्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । दश वर्षभित्र एक करोड पर्यटक भित्र्याएर पर्यटन व्यवसायलाई समृद्धिको आधार बनाउन सकिने उनीहरुको भनाइ छ । पर्यटक प्रहरी इकाई, भृकुटीमण्डपले भक्तपुरमा आयोजना गरेको सरोकारवाला निकायबीचको अन्तरक्रियात्मक कार्यक्रमका वक्ताले आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र सहज वातावरण सिर्जना गरी दिगो पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन व्यवसायी, पर्यटनसँग सम्बद्ध प्रतिनिधि, स्थानीय तह र सञ्चारकर्मी सबैको समन्वय तथा सहकार्यले मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयोे । पर्यटकको सेवा, सुविधा र सुरक्षाका विविध विषयमा सबैले चासो र चिन्ता राख्नुपर्नेमा जोड दिँदै उहाँले पर्यटकलाई राम्रो व्यवहार गर्नसके उनीहरु फेरि पनि घुम्न आउने धारणा राख्नुभयो ।

उहाँले पर्यटकले मौलिकता र भिन्न चीज हेर्न खोज्ने भएकाले मौलिक कला, सम्पदा, संस्कतिलाई जोगाउन नगरपालिकाले विशेष जोड दिएको उल्लेख गर्नुभयो । नगरपालिकाले पर्यटकको बसाइ लम्ब्याउन रात्रिकालीन मौलिक सांस्कृतिक कार्यक्रम गर्ने तथा पर्यटकलाई राम्रो व्यवहार गर्न पथप्रदर्शकलाई तालीम दिइएको उहाँको भनाइ थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पर्यटकको सुरक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट कर्तव्यवोध र जिम्मेवारी पालना हुनुपर्ने बताउनुभयो ।

पर्यटनविद् डा आलोक प्रसाईंले नेपालमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदालगायत भाषा, संस्कृति र रीतिरिवाज पर्यटक तान्ने माध्यम भए पनि पर्याप्त प्रचारप्रसार हुन सकेको छैन भन्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई उद्योग र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापति, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, पर्यटक प्रहरी इकाई प्रमुख रुपा थापा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेलगायतले पर्यटकको आतिथ्य संस्कार, सुरक्षा व्यवस्थापन र गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : १२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित