२०८१, २३ माघ बुधबार

भारतले गर्‍यो चार किमी टाढा ‘मार’ हान्न सक्ने शक्तिशाली मिसाइल परीक्षण

भारतले गर्‍यो चार किमी टाढा ‘मार’ हान्न सक्ने शक्तिशाली मिसाइल परीक्षण


नयाँदिल्ली, १८ असोज : चीनसँग सीमा विवाद बढिरहेका बेला भारतले शनिबार चार किलो मिटर टाढासम्म ‘मार’ हान्न सक्ने ब्यालेस्टिक मिसाइल ‘सौर्य’को नयाँ संस्करण सफल परीक्षण गरेको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार यो नयाँ मिसाइल करिब एक हजार किलोमीटर टाढासम्म निशाना लगाउन सक्छ । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सौर्य जमिनदेखि जमिनसम्म हमला गर्न सकिने मिसाइल हो ।
यस्तै सुरक्षा अधिकारीहरुले सौर्य मिसाइललाई विश्वकै सबैभन्दा शक्तिशाली १० वटा मिसाइलहरुमध्ये एक मानेका छन् । साथै सौर्य मिसाइललाई अति तीव्र गतिमा चल्नसक्ने मिसाइल पनि मानिन्छ । जुन स्याटलाइट इमेजिङको माध्यमबाट पनि यसलाई भेट्न नसकिने बताइन्छ ।
भारतले यो मिसाइल चीनसँग लद्दाखमा सीमा विवाद भइरहेका बेला परीक्षण गरेको हो । यसर्थ पनि भारतको यस्तो कदमलाई अर्थपूणर् रुपमा हेरिएको छ । जब कि चीनसँग सीमा विवाद समाधानका लागि पटक पटक वार्ता प्रयास भए पनि सफल हुन सकिरहेको छैन । एजेन्सी

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ८ : ५५ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव