२०८३, २० आश्विन बुधबार

प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण


काठमाडौं १८ असोज : प्रधानमन्त्री केपी ओलीका तीन सल्लाहकारसहित प्रधानमन्त्रीनिवास बालुवाटारमा खटिएका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । मुख्य सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सचिवालयका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्ले पनि संक्रमित भएका छन् । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वाब परीक्षणका क्रममा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी समेतको स्वास्थ्य परीक्षण रिपोर्ट शनिबार पोजिटिभ आएको छ । उनीहरू सबैको शुक्रबार स्वाब परीक्षण लिइएको थियो । राससका अनुसार बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय अनुसन्धान विभागका तीन कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

कोरोना संक्रमणको पुष्टि भए पनि प्रधानमन्त्रीका सल्लाहकारहरू रिमाल, थापा, भट्टराईसहित सचिवालयका कसैमा लक्षण देखिएको छैन । शुक्रबारसम्म प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबारमा नियमित काममा रहेका उनीहरू पोजिटिभ रिपोर्टलगत्तै शनिबारबाट निजी निवासमै प्रोटोकलको पालना गर्दै ‘आइसोलेसन’मा बसेका छन् । प्रेस सल्लाहकार थापाले अहिलेसम्म सल्लाहकार र सचिवालयका सबै सदस्यको स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिँदै सबैजना निजी निवासमा ‘आइसोलेसन’मा बसेको जानकारी दिए ।

‘शुक्रबारसम्म नियमित काममा थियौँ, स्वाब दिएका कारण शनिबार बालुवाटार गएनौँ,’ थापाले भने, ‘पोजिटिभ रिपोर्ट आएपछि सल्लाहकार समूह र सचिवालयका हामी सबै प्रोटोकलको पालना गर्दै होम आइसोलेसनमा बसेका छौँ ।’ थापासहित सल्लाहकारले आफूनिकट सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह गरेका छन् । नयाँपत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : २६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको