२०८३, २० आश्विन बुधबार

मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?

मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?


काठमाडौं, १४ असोज : नेपालमा मनसुन गराउने वायु प्रणाली विस्तारै कमजोर बन्दै गएको छ । जसका कारण अब विस्तारै पानी पर्ने क्रम रोकिंदै जाने मौसमविदले बताएका छन् ।

बंगालको खाडीमा न्यून चापीय क्षेत्रको प्रभावले हाल देशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश(५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राति प्रदेश(१, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश(५ र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ८ : १४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको