२०८२, १ माघ बिहीबार

प्रहरीले जोर–बिजोर लागू भए–नभएको चेकजाँचमा कडाइ गर्ने तयारी

प्रहरीले जोर–बिजोर लागू भए–नभएको चेकजाँचमा कडाइ गर्ने तयारी


काठमाडौं १४ असोज ट्राफिक प्रहरीले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गर्ने तयारी गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले २५ भदौबाट लागू हुने गरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो ।

तर, केही दिनयता जोर–बिजोरका आधारमा नभई हरेक दिनजसो सबै सवारीसाधन चल्न थालेपछि काठमाडौं उपत्यकाका सडकहरूमा सवारीसाधनको अत्यधिक चाप देखिन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ पारेको जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारीसाधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियमअनुसार जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ ।दिउँसो सवा १२ बजेसम्मको तथ्यांकअनुसार ट्राफिक कारबाहीमा आठ सयभन्दा बढी सवारी परेका छन । करिब सात सय मोटरसाइकल र स्कुटर रहेका छन् ।

होल्ड गरिएको सवारीलाई साँझ ८ बजे मात्रै छाड्ने बताइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोर–बिजोर प्रणाली पूर्ण रूपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ७ : ३५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा