२०८३, २० आश्विन बुधबार

प्रहरीले जोर–बिजोर लागू भए–नभएको चेकजाँचमा कडाइ गर्ने तयारी

प्रहरीले जोर–बिजोर लागू भए–नभएको चेकजाँचमा कडाइ गर्ने तयारी


काठमाडौं १४ असोज ट्राफिक प्रहरीले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गर्ने तयारी गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले २५ भदौबाट लागू हुने गरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो ।

तर, केही दिनयता जोर–बिजोरका आधारमा नभई हरेक दिनजसो सबै सवारीसाधन चल्न थालेपछि काठमाडौं उपत्यकाका सडकहरूमा सवारीसाधनको अत्यधिक चाप देखिन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ पारेको जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारीसाधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियमअनुसार जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ ।दिउँसो सवा १२ बजेसम्मको तथ्यांकअनुसार ट्राफिक कारबाहीमा आठ सयभन्दा बढी सवारी परेका छन । करिब सात सय मोटरसाइकल र स्कुटर रहेका छन् ।

होल्ड गरिएको सवारीलाई साँझ ८ बजे मात्रै छाड्ने बताइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोर–बिजोर प्रणाली पूर्ण रूपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ७ : ३५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको