२०८३, ८ भाद्र मंगलबार

चाखोलाको यथार्थ बुझ्न मण्डनदेउपुर नगरपालिका मेयर वाइबा खोलामै

चाखोलाको यथार्थ बुझ्न मण्डनदेउपुर नगरपालिका मेयर वाइबा खोलामै


धुलिखेल, १७ भदौँः सानो होस वा ठूलो । जस्तो सुकै विपद्मा पनि नगरबासीको घरदैलोमै पुग्ने काभ्रेको मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाईबाले स्थानीय चाखोलाको यथार्थ बुझ्न सुरु गर्नुभएको छ । बुधबार मेयर वाइबाले विभिन्न वडाका वडाध्यक्ष सहित चाखोलाको स्थलगत अनुगमन गर्न पुग्नुभएको हो ।

मेयर वाइबा वडा नम्बर ६ का वडाध्यक्ष डिल्लि प्रसाद आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल, वडा नम्बर ८ का वडाध्यक्ष झलक प्रसाद पौडेल, गैरसकारी संस्था महासंघ काभ्रे शाखाका अध्यक्ष टोम प्रसाद सापकोटा, विभिन्न सामाजिक संस्थामा आवद्ध अगुवाहरुलाई साथै लिएर खोलाको निरीक्षण गर्नु पुग्नुभएको हो । चाखोलाबाट बालुवा उत्खनन भइरहेको र खेती योग्य जमिन कटान गर्दा पनि बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि मेयर वाईबा खोलाको स्थलगत अनुगमन गर्न पुग्नुभएको हो ।

अनुगमनमा पुग्नुभएका मेयर वाइबाले चाखोलामा आएको बाढीले क्षति पुर्याएको जमिन पुनः खेती योग्य बनाइने बताउनुभयो । उहाँले प्राविधिक स्टमेट तयार गरि चाखोलालाई व्यवस्थापन गर्ने र खोलाको सिमाङ्कन गर्ने समेत बताउनुभएको छ । यहि आर्थिक वर्षमा रानिटारको ढलेको वरको रूखबाट चाखोलाको झोलङ्गे पुलसम्म खोलालाई व्यवस्थित गरि करिडोर निर्माणको योजना अघि बढाइने मेयर वाइबाले बताउनुभयो ।

चाखोलाले कटान गरेको खेतीयोग्य जमिनलाई पुन खेतीयोग्य जमिन वनाउन प्रविधिक ईस्टिमेट तयार गरि स्थानिय सरकार, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा बाढीले क्षति पुर्याएको बाँध, कुलालाइ निर्माणगरि खेतियोग्य जमिनलाइ बाँजो रहन नदिने मेयर वाइबाले प्रतिबद्धता जनाउनुभयो । मेयर वाइबाले आज मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा निमार्णधिन नगर अस्पतालको पनि निरिक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मेयर वाइबाले काममा ढिलासुस्ति नगर्न र गुणस्तरमा कुनै खेलाँची नगर्न प्राविधिक र निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार  ५ : ०८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र