२०८३, १२ कार्तिक बिहीबार

चाखोलाको यथार्थ बुझ्न मण्डनदेउपुर नगरपालिका मेयर वाइबा खोलामै

चाखोलाको यथार्थ बुझ्न मण्डनदेउपुर नगरपालिका मेयर वाइबा खोलामै


धुलिखेल, १७ भदौँः सानो होस वा ठूलो । जस्तो सुकै विपद्मा पनि नगरबासीको घरदैलोमै पुग्ने काभ्रेको मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाईबाले स्थानीय चाखोलाको यथार्थ बुझ्न सुरु गर्नुभएको छ । बुधबार मेयर वाइबाले विभिन्न वडाका वडाध्यक्ष सहित चाखोलाको स्थलगत अनुगमन गर्न पुग्नुभएको हो ।

मेयर वाइबा वडा नम्बर ६ का वडाध्यक्ष डिल्लि प्रसाद आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल, वडा नम्बर ८ का वडाध्यक्ष झलक प्रसाद पौडेल, गैरसकारी संस्था महासंघ काभ्रे शाखाका अध्यक्ष टोम प्रसाद सापकोटा, विभिन्न सामाजिक संस्थामा आवद्ध अगुवाहरुलाई साथै लिएर खोलाको निरीक्षण गर्नु पुग्नुभएको हो । चाखोलाबाट बालुवा उत्खनन भइरहेको र खेती योग्य जमिन कटान गर्दा पनि बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि मेयर वाईबा खोलाको स्थलगत अनुगमन गर्न पुग्नुभएको हो ।

अनुगमनमा पुग्नुभएका मेयर वाइबाले चाखोलामा आएको बाढीले क्षति पुर्याएको जमिन पुनः खेती योग्य बनाइने बताउनुभयो । उहाँले प्राविधिक स्टमेट तयार गरि चाखोलालाई व्यवस्थापन गर्ने र खोलाको सिमाङ्कन गर्ने समेत बताउनुभएको छ । यहि आर्थिक वर्षमा रानिटारको ढलेको वरको रूखबाट चाखोलाको झोलङ्गे पुलसम्म खोलालाई व्यवस्थित गरि करिडोर निर्माणको योजना अघि बढाइने मेयर वाइबाले बताउनुभयो ।

चाखोलाले कटान गरेको खेतीयोग्य जमिनलाई पुन खेतीयोग्य जमिन वनाउन प्रविधिक ईस्टिमेट तयार गरि स्थानिय सरकार, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा बाढीले क्षति पुर्याएको बाँध, कुलालाइ निर्माणगरि खेतियोग्य जमिनलाइ बाँजो रहन नदिने मेयर वाइबाले प्रतिबद्धता जनाउनुभयो । मेयर वाइबाले आज मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा निमार्णधिन नगर अस्पतालको पनि निरिक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मेयर वाइबाले काममा ढिलासुस्ति नगर्न र गुणस्तरमा कुनै खेलाँची नगर्न प्राविधिक र निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार  ५ : ०८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता